विपी कोइराला राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने
काठमाडाैं | साउन ५, २०८०
जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो।
राजनीतिक दर्शनतर्फ वरिष्ठ राजनीतिज्ञद्वय कुलबहादुर गुरुङ (इलाम) र ढुण्डीराज पौडेल (अर्घाखाँची) तथा साहित्य विधातर्फ देवीप्रसाद उपाध्याय रेग्मी ९स्याङ्जा० र गिरीराज आचार्य (धरान) लाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए। मन्त्रालयले गत असार १३ गते पुरस्कारबारे निर्णय गरेको हो।
पुरस्कारको राशि जनही एक लाख रूपैयाँ रहेको छ। उक्त पुरस्कार विपी कोइरालाको स्मृति दिवसका अवसरमा यही साउन ६ गते विपी सङ्ग्राहलय सुन्दरीजलमा वितरण गर्ने कार्यक्रम तय भएको छ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

